मुख्य सामग्रीमा जानुहोस्

धेरैले सोध्ने प्रश्न

भ्रमण, दान, प्रायोजन, उत्पादन र गाईको हेरचाहबारे। जवाफ भेटिएन? हामीलाई सन्देश पठाउनुहोस्।

भ्रमण

के हामी गौशाला घुम्न आउन सक्छौँ?

अवश्य। हरेक दिन, बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म। बिहान ७:०० बजे, दिउँसो १२:०० बजे र बेलुका ५:०० बजे खुवाउने। दाना खुवाउने बेला आउनु सबैभन्दा राम्रो, आफ्नै हातले गाईलाई खुवाउन सक्नुहुन्छ।

भ्रमणको योजना बनाउनुहोस् →
बालबालिका वा विद्यालयको समूह ल्याउन मिल्छ?

मिल्छ। समूह भए पहिले नै जानकारी दिनुहोस्, हाम्रो टोलीको कोही साथमा हुनुहुनेछ। बालबालिकालाई सधैँ नजिकै राख्नुहोस्, गाई-गोरु ठूला जनावर हुन्।

गाईका लागि के ल्याउन सकिन्छ?

हरियो घाँस, सख्खर वा रोटी ल्याउन सक्नुहुन्छ, तर पहिले हाम्रो टोलीलाई सोध्नुहोस्। प्लास्टिकको झोलामा केही नल्याउनुहोस्।

सेवा र दान

मेरो पैसा कहाँ खर्च हुन्छ?

घाँस-दाना, औषधि र पशु चिकित्सक, कामदारको ज्याला, बिजुली-पानी र मर्मतमा। हरेक महिनाको हिसाब वेबसाइटमा राख्छौँ।

मासिक हिसाब हेर्नुहोस् →
भुक्तानी कसरी गर्ने?

सेवा फारम भरेपछि तपाईंलाई सन्दर्भ नम्बर मिल्छ। eSewa, Khalti वा मोबाइल बैंकिङबाट हाम्रो QR स्क्यान गर्नुहोस्, वा बैंक खातामा जम्मा गर्नुहोस्। कैफियतमा सन्दर्भ नम्बर लेखेर स्क्रिनसट Viber वा WhatsApp मा पठाउनुहोस्।

भुक्तानी गर्दा शुल्क लाग्छ?

हामी कुनै पेमेन्ट गेटवे प्रयोग गर्दैनौँ, त्यसैले हाम्रो तर्फबाट कुनै शुल्क छैन। तपाईंको पूरै रकम गाईको हेरचाहमा जान्छ।

कर छुटको रसिद पाइन्छ?

अहिले हामीसँग कर छुटको प्रमाणपत्र छैन, त्यसैले दानमा कर छुट पाइँदैन। पुष्टि भएका हरेक सेवाको रसिद भने दिन्छौँ।

विदेशबाट सहयोग गर्न मिल्छ?

नेपाली कानुनअनुसार संस्थाले विदेशी रकम लिनुअघि समाज कल्याण परिषद्को स्वीकृति चाहिन्छ। स्वीकृति नपाउन्जेल नेपालमा रहेका परिवार वा साथीमार्फत, वा नेपाली खाता / वालेटबाट पठाउनुहोस्।

कसैको नाममा वा सम्झनामा सेवा गर्न मिल्छ?

मिल्छ। जन्मदिन, वार्षिकोत्सव वा श्राद्धको दिन हामी उहाँको नाममा गाईलाई खुवाउँछौँ र फोटो पठाउँछौँ।

अवसर सेवा →
पैसा फिर्ता हुन्छ?

दान उपहार हो, तर दुई पटक तिर्नुभयो, गलत रकम तिर्नुभयो, वा हामीले तपाईंको मितिमा सेवा गर्न सकेनौँ भने पूरै फिर्ता गर्छौँ।

दान र फिर्ता नीति →

गाई प्रायोजन

प्रायोजन गर्दा के पाइन्छ?

मासिक रु. 2,100 बाट सुरु। तपाईंको गाईको निजी पेज, हरेक महिना Viber वा WhatsApp मा फोटो, र आफैँ आएर खुवाउने निमन्त्रणा।

गाई प्रायोजन गर्नुहोस् →
कुन गाई भनेर छान्न मिल्छ?

मिल्छ, गौ परिवार पेजबाट कुनै पनि गाई छान्नुहोस्, वा सबैभन्दा आवश्यक भएकी गाई हामीलाई छान्न दिनुहोस्।

प्रायोजन बन्द गर्न मिल्छ?

जुनसुकै बेला। हामीलाई भन्नुहोस्, अर्को महिनाको लागि सोधिँदैन।

दूध, घिउ र उत्पादन

दूध घरमै पुर्‍याउनुहुन्छ?

हो, Ruru, Palpa र वरपर। ताजा दूध स्थानीय रूपमा मात्र पाइन्छ।

उत्पादन हेर्नुहोस् →
घिउ नेपालभर पठाउनुहुन्छ?

'नेपालभर पठाइन्छ' लेखिएका उत्पादन कुरियरबाट पठाइन्छ, प्रायः ३–७ दिनमा पुग्छ।

डेलिभरी नीति →
दूध किन थोरै हुन्छ?

पहिले बाछाबाछीले खान्छन्। हामी बढी भएको दूध मात्र बेच्छौँ, र हाम्रा धेरै गाई बूढा वा उद्धार गरिएका हुन्, दूध दिँदैनन्। तैपनि जीवनभर यहीँ बस्छन्।

उद्धार

घाइते वा छाडिएको गाई देखेँ। के गर्ने?

तुरुन्त फोन गर्नुहोस्, वा Viber / WhatsApp मा ठाउँ र फोटो पठाउनुहोस्। हामी Ruru, Palpa वरिपरि करिब 10 किलोमिटरसम्म पुग्न सक्छौँ।

गाईको खबर दिनुहोस् →
तपाईंहरू सबै गाई राख्नुहुन्छ?

जति ठाउँ र साधन छ, त्यति। ठाउँ नभए अर्को गौशाला, स्थानीय तहको पशु सेवा शाखा वा पशु चिकित्सकसँग जोडिदिन्छौँ।

अझै केही सोध्नु छ?

Viber वा WhatsApp मा सन्देश पठाउनुहोस्। परिवारकै कुनै सदस्यले जवाफ दिनुहुन्छ।